PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • विसर्जन गरियो मूर्ति, सकियो विश्वकर्मा पूजा

    विसर्जन गरियो मूर्ति, सकियो विश्वकर्मा पूजा

    काठमाडौं : विश्वकर्माको मूर्तिलाई शनिवार चोभारस्थित जलविनायकमा विसर्जन गरिएको छ। शुवारवार विश्वकर्मा पूजाको दिनमा पूजा गरिएको मूर्तिलाई आज विसर्जन गरिएको हो। विश्वकर्मा पूजाको दिनमा श्रम र शिल्पाको सम्मानमा आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरिन्छ। विश्वकर्मा पूजाको दिनमा कतिपयले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन्। यसरी पूजा गरिएको मूर्तिलाई आज चोभारस्थित…

    विस्तृतमा पढ्नुस्

  • दृश्यमा हनुमानढोकामा ५४ कुमारीको पूजा

    दृश्यमा हनुमानढोकामा ५४ कुमारीको पूजा

    काठमाडौं : हनुमानढोकामा य:सिं ठड्याएसँगै यँया: (इन्द्रजात्रा) सुरु भएको छ। यस पर्वमा मुख्य आकर्षणको केन्द्रमा रहेकी हुन्छिन् जीवित देवि कुमारीको रथ यात्रा। यसै अवसरमा काठमाडौंको विभिन्न स्थानमा कुमारी पूजा हुनेगर्छ। नेवार समुदायमा ईही (बेल विवाह) नगरेको २ वर्षदेखि ८ वर्ष उमेर समूहका बालिकाहरुलाई कुमारीका रुपमा पूजा गर्ने प्रचलन रहेको छ। यसरी पूजा गरेमा बालिकाहरुलाई रोक नलाग्ने जनविश्वास रहेको छ। यसैबिच…

    विस्तृतमा पढ्नुस्

  • इन्द्रजात्रा : कुमारी पूजाका लागि वसन्तपुर पुगे पारस शाह

    इन्द्रजात्रा : कुमारी पूजाका लागि वसन्तपुर पुगे पारस शाह

    काठमाडौं : पूर्व युवराज पारस शाह आज हनुमानढोका पुगेर कुमारी पूजामा संलग्नमा भएका छन्। यँया: (इन्द्रजात्रा) को पहिलो दिन हनुमानढोकामा य:सिं ठड्याएपछि पारस शाह कुमारी पूजामा पुगेका हुन्। इन्द्रजात्राको अवसरमा आज वसन्तपुर दरबार क्षेत्रमा कुमारी पूजाको आयोजना गरिएको छ। त्यसैक्रममा हनुमानढोका पुगेका शाहले तलेजु मन्दिर र दरबार क्षेत्रको अवलोकन समेत गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • खोपपछि सहज रुपमा सुरु भयो कक्षा १२ को परीक्षा, यस्तो देखियो परीक्षा केन्द्रको दृश्य

    खोपपछि सहज रुपमा सुरु भयो कक्षा १२ को परीक्षा, यस्तो देखियो परीक्षा केन्द्रको दृश्य

    भक्तपुर : यो भक्तपुरमा रहेको आदर्श आजाद उच्च माध्यामिक विद्यालय हो। यहाँ कक्षा १२ का परीक्षा चलिरहेको छ। कोरोना भाइरस विरुद्ध सबैखाले सावधानी अपनाएर परिक्षा संचालन भएको आज पहिलो दिन हो। भक्तपुरमा जसरी आज देशभरी नै कक्षा १२ को परीक्षा सुरु भएको छ। यस परीक्षामा ३ लाख ७४ हजार विद्यार्थीले सहभागिता जनाइरहेका छन्।   पटक पटक स्थगित भएको परीक्षा आजबाट भौतिक…

    विस्तृतमा पढ्नुस्

  • खुल्लामञ्चमा एमसीसीविरुद्ध सभा : विप्लवसहित नेता मञ्चमा, कार्यकर्ता हिलोमा

    खुल्लामञ्चमा एमसीसीविरुद्ध सभा : विप्लवसहित नेता मञ्चमा, कार्यकर्ता हिलोमा

    काठमाडौं : नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजधानीको खुल्लामञ्चमा आमसभा आयोजना गरेको छ। मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा आयोजित आमसभा अघि राजधानीका विभिन्न ठाउँबाट जुलुस निकालिएको थियो। प्रदर्शनका क्रममा महासचिव विप्लव पनि सहभागी थिए। र्‍यालीपछि खुल्लामञ्चमा आमसभा भएको हो। भ्यू टावर बनाउने भन्दै बसपार्क निर्माण भएपछि र भूकम्पपछि निर्माण सामाग्री खुल्लामञ्चमा राखिँदा त्यहाँ आमसभाहरु आयोजना हुन सकेको थिएन। अहिले…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो नेपाल र बंगलादेशबीचको गोलविहीन खेल

    यस्तो देखियो नेपाल र बंगलादेशबीचको गोलविहीन खेल

    काठमाडौं : आइतवार सम्पन्न नेपाली महिला फुटबल टोली र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकियो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले केही राम्रा अवसरहरुको सदुपयोग गर्न नसक्दा गोलविहीन बन्न पुगे। खेलको शुरुमा बंगलादेशले दबाब बनाउँदै राम्रो खल प्रस्तुत गरेको थियो। खेलको १० औँ मिनेटमा गोलकिपर अन्जना राना मगरलाई बिट गरिसकेको अवस्थामा पनि बंगलादेशी खेलाडी गोल गर्नबाट चुके। १९…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा स्‍नानसहित सप्तऋषिको पूजा

    वाग्मतीमा स्‍नानसहित सप्तऋषिको पूजा

    सप्तऋषिको पूजा गर्दै आज हिन्दु महिलाहरुले ऋषि पञ्चमी मनाएका छन्। बिहानैदेखि नदी किनारमा उनीहरुको बाक्लो उपस्थिति थियो। रजश्वला दोष मुक्तिका लागि ब्रत तथा पूजा हुने भएकाले ऋषि पञ्चमी विवादित पनि हुँदै गएको छ। भाद्र शुक्ल पक्षको पञ्चमीका दिन महिलाहरुले आफूलाई शुद्ध बनाउन स्नान तथा पूजा गर्छन्। रजश्वलामा छुवाछुत गर्दा पाप लाग्ने भन्दै त्यसबाट मुक्ति पाउन भन्दै पूजाआजा गर्ने परम्परा रहे…

    विस्तृतमा पढ्नुस्

  • बन्द पशुपति मन्दिर बाहिरै तीजको लहर आयो बरी लै...

    बन्द पशुपति मन्दिर बाहिरै तीजको लहर आयो बरी लै...

    काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण पशुपतिनाथ मन्दिर बन्द भए पनि तीजको अवसरमा मन्दिर बाहिर भए पनि पुगेर पूजा र नाचगान गर्नेहरुको भिड लागेको छ। आज बिहान पानी परेका कारण पशुपतिमा धेरै संख्यामा ब्रतालु नपुगेपछि दिउँसो सयौंको संख्यामा महिलाहरु पशुपति पुगेका देखिन्थे। पशुपति मन्दिर बन्द गरिए पनि ब्रतालुहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पर्व मनाउन दिइएको पशुपति विकास कोषले जनाएको छ। पशुपतिनाथको मूल…

    विस्तृतमा पढ्नुस्

  • दर खाने दिनमा तीजको लागि किनमेल गर्नेहरुको बजारमा चहलपहल

    दर खाने दिनमा तीजको लागि किनमेल गर्नेहरुको बजारमा चहलपहल

    काठमाडौं : आज हरितालिका तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन। तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज नेपाली हिन्दु नारीहरुले दर खाएका छन्। तीजको अघिल्लो दिन आज बजारमा किनमेल गर्नेहरुको भीड पनि उत्तिकै थियो। कोरोनाको महामारीका कारण अघिल्लो वर्षको तीज महिलाहरुले खुलेर मनाउन पाएका थिएनन्। यसपालि भने निषेधाज्ञा खुकुलो भएसँगै तीजको लागि किनमेल गर्नेहरुको आज बजारमा भीड थियो। भोलिको…

    विस्तृतमा पढ्नुस्

  • 'नो एमसीसी' भन्दै माइतीघरदेखि बानेश्वरसम्म विरोध र्‍याली

    'नो एमसीसी' भन्दै माइतीघरदेखि बानेश्वरसम्म विरोध र्‍याली

    काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विभिन्न समूहहरुले राजधानीमा विरोध प्रदर्शन गरेका छन्। एमसीसीका अधिकारीहरु नेपाल आउने भनिएपछि एमसीसीको विरोधमा दिनहुँजसो विभिन्न समूहले प्रदर्शन गर्दै आएका छन्। सरकारले भने परियोजनाको विरोध नगर्न सचेत गराइसकेको छ। यसबिच आज माइतीघरमा भेला भएका युवाहरुले वानेश्वरसम्म विरोध र्‍याली निकालेका हुन्।

    विस्तृतमा पढ्नुस्

  • दिवंगत पिताको सम्मानमा पिण्डादानदेखि तर्पणसम्म, दृश्यमा भक्तपुरस्थित हनुमानघाट

    दिवंगत पिताको सम्मानमा पिण्डादानदेखि तर्पणसम्म, दृश्यमा भक्तपुरस्थित हनुमानघाट

    आज बुवाको मुख हेर्ने दिन। यस अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्। यही भक्तपुरको हनुमानघाटमा मेला लगेको छ। दिवंगत पितृको सम्मानका लागि मानिसहरु बिहानैबाट आइपुगेको देखिन्थ्यो।

    विस्तृतमा पढ्नुस्

  • पुण्यमातामा बाढी : फेरि डुब्यो बनेपाको पुल बजार, सडक पार गर्न टिपरको साहरा

    पुण्यमातामा बाढी : फेरि डुब्यो बनेपाको पुल बजार, सडक पार गर्न टिपरको साहरा

    काठमाडौं : आइतावार मध्य रातदेखि परेको अविरल वर्षाका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ। पुण्यमाता खोलामा बाढी आउँदा बस्ती नै डुबानमा परेको हो। अरनिको राजमार्गमा गाडी डुबाउने गरि सडकमा भेल बगेको छ। पुलमाथि पानीको भेल बग्दा राजमार्गमा सवारी साधन संचालनमा पनि अवरोध पुगेको छ।  सम्बन्धित समाचार : बनेपाको पुलबजार डुबानमा पर्दा भक्तपुरको पलाँसेसम्मै सडक ठप्प, दृश्यमा जामको लाम सडक अवरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • बनेपाको पुलबजार डुबानमा पर्दा भक्तपुरको पलाँसेसम्मै सडक ठप्प, दृश्यमा जामको लाम

    बनेपाको पुलबजार डुबानमा पर्दा भक्तपुरको पलाँसेसम्मै सडक ठप्प, दृश्यमा जामको लाम

    काठमाडौं : आइतवार रातिको भिषण वर्षाका कारण बनेपाको पुल बजारमा बाढी पस्यो। बाढीका कारण पुल बजार डुबानमा परेपछि अरनिको राजमार्ग ठप्प बन्यो। यसले राजधानी काठमाडौं आउँदै गरेको सवारी साधन बनेपा, धुलिखेलतिरै रोकियो। यता काठमाडौंबाट सिन्धुपाल्चोक, दोलखा, रामेछापदेखि सिन्धुली र पूर्व निस्केका सवारी साधन साँगामा अड्कियो। डुबान क्षेत्रमा जान ट्राफिक प्रहरीले रोकेपछि जामको लाम बढेर पलाँसेसम्मै आइपुगेको थियो।

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको विद्यार्थी नेताले जलाए गृहमन्त्री खाँणको पुतला, एमसीसीको विरोध गर्दै च्याते गृह मन्त्रालयको विज्ञप्ती

    माधव नेपालको विद्यार्थी नेताले जलाए गृहमन्त्री खाँणको पुतला, एमसीसीको विरोध गर्दै च्याते गृह मन्त्रालयको विज्ञप्ती

    काठमाडौं : नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले गृहमन्त्री बालकृष्ण खाँणको पुतला दहन गरेको छ। बानेश्वरस्थित एनसीसी कलेजमा विद्यार्थीहरुले वैदेशिक हस्तक्षेपको विरोधमा प्रदर्शनका क्रममा सत्तारुढ गठबन्धनमै रहेका नेकपा एकीकृत समाजवादीका विद्यार्थी नेताहरुले  खाँणको पुतला जलाएका हुन्। यस्तै, उनीहरुले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन  एमसीसीविरुद्ध पनि प्रदर्शन गरेका थिए। केही दिन अघि एकीकृत समाजवादीको विद्यार्थी संगठनले दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता प्रकरणलाई…

    विस्तृतमा पढ्नुस्

  • कलेज जीर्णोद्वारको माग गर्दै विद्यार्थीको प्रदर्शन, 'त्रिचन्द्रले बनाएका नेताहरु त्रिचन्द्र भत्किँदा कहाँ छन्?'

    कलेज जीर्णोद्वारको माग गर्दै विद्यार्थीको प्रदर्शन, 'त्रिचन्द्रले बनाएका नेताहरु त्रिचन्द्र भत्किँदा कहाँ छन्?'

    काठमाडौं : घण्टाघर रहेको त्रिचन्द्र कलेजको भवन परिसरको संरक्षण र जीर्णोद्वारको माग गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्। २०७१ सालको भूकम्पपछि जीर्ण बनेको उक्त खण्ड पुनर्निर्माणमा सरोकारवालाले कुनै ध्यान नदिएको भन्दै विद्यार्थीहरुले धर्ना दिएका हुन्। संरक्षणको अभावमा घण्टाघर र उक्त क्षेत्रमा रहेका भवनहरु जीर्ण बनेका छन्। अधिवक्ता संजय अधिकारीले पुरातत्व विभागलाई त्रिचन्द्र कलेजको जीर्णोद्वार गर्न माग गर्दै निवेदन समेत दिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • विरामी भनिएका ओलीको हट्टाकट्टा शैली : आए माधव समूहविरुद्ध भाषण गरे र फर्किए यसरी

    विरामी भनिएका ओलीको हट्टाकट्टा शैली : आए माधव समूहविरुद्ध भाषण गरे र फर्किए यसरी

    काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य समस्या आएको खबर शनिवार बिहानैदेखि सार्वजनिक भयो। उनका प्रेस संयोजक रामशरण बजगाइलाई उद्धृत गर्दै सञ्चो नभएको संदेश प्रवाह भयो। थकाइका कारण समस्या भएकाले केही दिन घरमा नै आराम गरेर बस्ने र भेटघाट समेत नगर्ने जानकारी गराइयो। तर, दिउँसो काठमाडौंको राष्ट्रिय सभामा नेकपा एमालेले राखेको महानगरस्तरीय बृहत कार्यकर्ता भेलामा उनी आउने भनिएको थियो। प्रमुख अतिथि…

    विस्तृतमा पढ्नुस्

  • जयसिंह धामी बेपत्ता प्रकरण : एकीकृत समाजवादीका कार्यकर्ताले जलाए मोदीको पुतला

    जयसिंह धामी बेपत्ता प्रकरण : एकीकृत समाजवादीका कार्यकर्ताले जलाए मोदीको पुतला

    काठमाडौं : नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेको छ। दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता प्रकरणलाई लिएर प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसभित्रै कार्यकर्ताहरुले मोदीको पुतला दहन गरेका हुन्। जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएका हुन्। सरकारले साउन १७ गते जयसिंहको घटनाबारे अनुसन्धान गर्न पाँच सदस्य छानबिन समिति गठन गरेको…

    विस्तृतमा पढ्नुस्

  • भिडभाड गर्न नमिल्ने भनेपछि छतमै गौराष्टमीको रौनक, शिरमा सगुनफाग, गाउँदै नाचगान

    भिडभाड गर्न नमिल्ने भनेपछि छतमै गौराष्टमीको रौनक, शिरमा सगुनफाग, गाउँदै नाचगान

    गौरा पर्वको आज चौथो दिन अर्थात् गौराष्टमी। स्थिति सबै ठीक हुन्थ्यो भने सुदूर पश्चिममात्र होइन, काठमाडौंमा पनि भव्यसँग यो पर्व मनाइरहेको देखिन्थ्यो। राजधानीको टुँडीखेलमा गौरा मनाउने परम्परा नै स्थापित भइसकेको थियो। तर, कोभिड १९ ले गत वर्षजस्तै यसपाला पनि पर्व मनाउनेहरुलाई सहज बनाएन। त्यसैले गौरा मनाउनेहरुले घरको छतमै भए पनि परम्परालाई धानेँ। र, यो दृश्य हो भक्तपुरको जहाँ आज गौराष्टमी…

    विस्तृतमा पढ्नुस्

  • दृश्यमा पोखरीमा पाठी डुबाएर गरिने खोकनाको दे: पुखु जात्रा

    दृश्यमा पोखरीमा पाठी डुबाएर गरिने खोकनाको दे: पुखु जात्रा

    ललितपुर : खोकनामा मंगलवार दे: पुखु जात्रा सम्पन्न भयो। सापारुको भोलिपल्ट हरेक वर्ष रुद्रायणी मन्दिर नजिकै रहेको दे: पुखु (पोखरी) पाठीलाई डुबाएर यो जात्रा मनाउने गरिन्छ। एउटा पाठीलाई रुद्रायणी मन्दिर नजिकै रहेको दे: पोखरीमा डुबाएर गरिने जात्रा पहिला निकै विवादित बनेको थियो। केही वर्षअघिसम्म त्यहाँ पोखरीमा पाठी फ्याँकेर अमानवीय तरिकाले लुछाचुँडी गर्दै टोकेर मार्ने गरिन्थ्यो भनेर  राष्ट्रिय – अन्तर्राष्ट्रिय मिडियाले…

    विस्तृतमा पढ्नुस्

  • जनै फेर्न बिहानैदेखि काभ्रेको सानो गोसाइकुण्ड पुगे तागाधारी

    जनै फेर्न बिहानैदेखि काभ्रेको सानो गोसाइकुण्ड पुगे तागाधारी

    काठमाडौं : काभ्रेको बनेपामा रहेको गोसाइकुण्डमा आज बिहानैदेखि जनै लगाउ र डोरो बाँध्न पुग्नेको घुइँचो लाग्यो। बनेपाको बुडोलमा रहेको सानो गोसाइकुण्डमा हरेक वर्ष जनै पूर्णिमाका दिन मेला लाग्ने गर्छ। तर, यसपटक भने कोरोना भाइरस संक्रमणका कारण पहिला जस्तै भिड थिएन। वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्य स्नान,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell