PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

दृश्यमा पोखरीमा पाठी डुबाएर गरिने खोकनाको दे: पुखु जात्रा

दृश्यमा पोखरीमा पाठी डुबाएर गरिने खोकनाको दे: पुखु जात्रा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


ललितपुर : खोकनामा मंगलवार दे: पुखु जात्रा सम्पन्न भयो। सापारुको भोलिपल्ट हरेक वर्ष रुद्रायणी मन्दिर नजिकै रहेको दे: पुखु (पोखरी) पाठीलाई डुबाएर यो जात्रा मनाउने गरिन्छ।

एउटा पाठीलाई रुद्रायणी मन्दिर नजिकै रहेको दे: पोखरीमा डुबाएर गरिने जात्रा पहिला निकै विवादित बनेको थियो। केही वर्षअघिसम्म त्यहाँ पोखरीमा पाठी फ्याँकेर अमानवीय तरिकाले लुछाचुँडी गर्दै टोकेर मार्ने गरिन्थ्यो भनेर  राष्ट्रिय – अन्तर्राष्ट्रिय मिडियाले प्रशारण गरेको थियो। अमानविय तरिकाले पाठीलाई यातना दिने गरेको कुरा उठेपछि भने २०७४ देखि खोकनावासीले यो जात्राको स्वरुप परिवर्तन गरेका थिए।

विगत केही वर्षदेखि पाठीलाई पोखरीमा डुबाएर निकाल्ने गरिएको छ। न त कसैले पाठीलाई लुछाचुँडी नै गर्छन् न त कसैले टोक्छन्।

मंगलवार दिउँसो भएको जात्रामा पनि पाठीलाई पहिला झै लुछाचुँडी गरिएन। पोखरी वरिपरि सयौंको संख्यामा जात्रा हेर्न आएकाहरुबिच युवाहरुले पाठीलाई समाएर पोखरीमा डुबाएर निकालेका थिए।

परापूर्व कालमा पोखरीमा अप्रिय घटना घटेको र त्यस्तो घटना आइन्दा नहोस् भन्न पौडी खेलेर जनचेतना दिने र त्यसो नहोस् भन्न कुमारी पाठी भोग दिने परम्परा बसेको स्थानीय बताउँछन्।



ट्रेन्डिङ पोस्ट

Ncell