PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

जनै फेर्न बिहानैदेखि काभ्रेको सानो गोसाइकुण्ड पुगे तागाधारी

जनै फेर्न बिहानैदेखि काभ्रेको सानो गोसाइकुण्ड पुगे तागाधारी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : काभ्रेको बनेपामा रहेको गोसाइकुण्डमा आज बिहानैदेखि जनै लगाउ र डोरो बाँध्न पुग्नेको घुइँचो लाग्यो। बनेपाको बुडोलमा रहेको सानो गोसाइकुण्डमा हरेक वर्ष जनै पूर्णिमाका दिन मेला लाग्ने गर्छ। तर, यसपटक भने कोरोना भाइरस संक्रमणका कारण पहिला जस्तै भिड थिएन।

वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्य स्नान, प्रातः सन्ध्योपासना समेत गर्ने गर्छन्।

श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने यो चाडमा पुरानो जनै फेरेर नयाँ जनै लगाउने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell