PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

जयसिंह धामी बेपत्ता प्रकरण : एकीकृत समाजवादीका कार्यकर्ताले जलाए मोदीको पुतला

जयसिंह धामी बेपत्ता प्रकरण : एकीकृत समाजवादीका कार्यकर्ताले जलाए मोदीको पुतला

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेको छ।

दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता प्रकरणलाई लिएर प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसभित्रै कार्यकर्ताहरुले मोदीको पुतला दहन गरेका हुन्।

जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएका हुन्। सरकारले साउन १७ गते जयसिंहको घटनाबारे अनुसन्धान गर्न पाँच सदस्य छानबिन समिति गठन गरेको थियो। उक्त समितिले जयसिंह धामीको बेपत्ता हुनुमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता रहेको देखिएको उल्लेख गर्दै छानबिन गरी दोषी उपर कानुनी कारबाही गर्ने सुझावसमेत दिएको थियो।

बिहीवार गृह मन्त्रालयले भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धानका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो। बिहीवारै भारतले जयसिंह धामी प्रकारण बारे आफूहरुलाई केही थाहा नभएको प्रतिक्रिया दिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell