PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बन्द पशुपति मन्दिर बाहिरै तीजको लहर आयो बरी लै...

बन्द पशुपति मन्दिर बाहिरै तीजको लहर आयो बरी लै...

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण पशुपतिनाथ मन्दिर बन्द भए पनि तीजको अवसरमा मन्दिर बाहिर भए पनि पुगेर पूजा र नाचगान गर्नेहरुको भिड लागेको छ। आज बिहान पानी परेका कारण पशुपतिमा धेरै संख्यामा ब्रतालु नपुगेपछि दिउँसो सयौंको संख्यामा महिलाहरु पशुपति पुगेका देखिन्थे।

पशुपति मन्दिर बन्द गरिए पनि ब्रतालुहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पर्व मनाउन दिइएको पशुपति विकास कोषले जनाएको छ। पशुपतिनाथको मूल मन्दिर नखुले पनि पशुपति क्षेत्रमा रहेका अन्य शिवालयमा पूजा आराधनाका लागि भक्तजन जम्मा भएका हुन्।

पशुपति क्षेत्रमा कोरोना कालअघिको तीजको जस्तो रौनक नभए पनि महिलाहरु समूह बनाएर तीजका भाकामा नाचगान गरिरहेका छन्।  



ट्रेन्डिङ पोस्ट

Ncell