PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

दर खाने दिनमा तीजको लागि किनमेल गर्नेहरुको बजारमा चहलपहल

दर खाने दिनमा तीजको लागि किनमेल गर्नेहरुको बजारमा चहलपहल

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आज हरितालिका तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन। तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज नेपाली हिन्दु नारीहरुले दर खाएका छन्।

तीजको अघिल्लो दिन आज बजारमा किनमेल गर्नेहरुको भीड पनि उत्तिकै थियो। कोरोनाको महामारीका कारण अघिल्लो वर्षको तीज महिलाहरुले खुलेर मनाउन पाएका थिएनन्। यसपालि भने निषेधाज्ञा खुकुलो भएसँगै तीजको लागि किनमेल गर्नेहरुको आज बजारमा भीड थियो।

भोलिको व्रतमा दिनभर निराहार रहनका लागि भाद्र शुक्ल द्वितीयामा १० पटक दर खाने चलन छ। आज राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अर्घ्य दिएर मात्र खाने परम्परा छ।



ट्रेन्डिङ पोस्ट

Ncell