PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विसर्जन गरियो मूर्ति, सकियो विश्वकर्मा पूजा

विसर्जन गरियो मूर्ति, सकियो विश्वकर्मा पूजा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : विश्वकर्माको मूर्तिलाई शनिवार चोभारस्थित जलविनायकमा विसर्जन गरिएको छ। शुवारवार विश्वकर्मा पूजाको दिनमा पूजा गरिएको मूर्तिलाई आज विसर्जन गरिएको हो।

विश्वकर्मा पूजाको दिनमा श्रम र शिल्पाको सम्मानमा आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरिन्छ।

विश्वकर्मा पूजाको दिनमा कतिपयले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन्। यसरी पूजा गरिएको मूर्तिलाई आज चोभारस्थित जलविनायकमा विसर्जन गरिएको हो। मूर्ति विसर्जनसँगै विश्वकर्मा पूजा समापन भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell