PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

माधव नेपालको विद्यार्थी नेताले जलाए गृहमन्त्री खाँणको पुतला, एमसीसीको विरोध गर्दै च्याते गृह मन्त्रालयको विज्ञप्ती

माधव नेपालको विद्यार्थी नेताले जलाए गृहमन्त्री खाँणको पुतला, एमसीसीको विरोध गर्दै च्याते गृह मन्त्रालयको विज्ञप्ती

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले गृहमन्त्री बालकृष्ण खाँणको पुतला दहन गरेको छ। बानेश्वरस्थित एनसीसी कलेजमा विद्यार्थीहरुले वैदेशिक हस्तक्षेपको विरोधमा प्रदर्शनका क्रममा सत्तारुढ गठबन्धनमै रहेका नेकपा एकीकृत समाजवादीका विद्यार्थी नेताहरुले  खाँणको पुतला जलाएका हुन्।

यस्तै, उनीहरुले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन  एमसीसीविरुद्ध पनि प्रदर्शन गरेका थिए।

केही दिन अघि एकीकृत समाजवादीको विद्यार्थी संगठनले दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता प्रकरणलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेका थिए। त्यसपछि सरकारले एमसीसीविरुद्ध भइरहेका क्रियाकलाप र नरेन्द्र मोदीको पुतला जलायने काम नगर्न भनेर विज्ञप्ती निकालेको थियो।

तर, सत्ता गठबन्धनमै रहेको एकीकृत समाजवादीको विद्यार्थी संगठनले सरकारको विरोध गर्दै गृहमन्त्रालयले निकालेको विज्ञप्ती समेत च्यातेका हुन्। 



ट्रेन्डिङ पोस्ट

Ncell