PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पुण्यमातामा बाढी : फेरि डुब्यो बनेपाको पुल बजार, सडक पार गर्न टिपरको साहरा

पुण्यमातामा बाढी : फेरि डुब्यो बनेपाको पुल बजार, सडक पार गर्न टिपरको साहरा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आइतावार मध्य रातदेखि परेको अविरल वर्षाका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ। पुण्यमाता खोलामा बाढी आउँदा बस्ती नै डुबानमा परेको हो।

अरनिको राजमार्गमा गाडी डुबाउने गरि सडकमा भेल बगेको छ। पुलमाथि पानीको भेल बग्दा राजमार्गमा सवारी साधन संचालनमा पनि अवरोध पुगेको छ। 

सम्बन्धित समाचार : बनेपाको पुलबजार डुबानमा पर्दा भक्तपुरको पलाँसेसम्मै सडक ठप्प, दृश्यमा जामको लाम

सडक अवरुद्ध हुँदा काठमाडौंबाट काभ्रे र त्यहाँबाट अन्य जिल्लामा जाने गाडीहरु भक्तपुरमै रोकिएका छन्। सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायत जिल्लबाट आउने सवारीसाधन पनि बनेपा क्षेत्रमा रोकिएका छन्। काठमाडौं ओहोरदोहोर गर्नुपर्ने सर्वसाधारण सवारी साधन नपाउँदा अलपत्र परेका छन्। टिपर चढेर डुबान क्षेत्र पार गर्न उनीहरु बाध्य भएका छन्।

दुई महिनाअघि पनि पुलबजार क्षेत्र डुबानमा परेको थियो। सडकको 'लेभल' कम भएका कारण हेरक वर्ष पुल बजार क्षेत्र डुबानमा पर्ने गरेको स्थानीय बताउँछन्।

स्थानीय सरकाले भने बाढी नियन्त्रणका लागि पुण्यमाता करिडोरको योजना बनाएको छ। तर, त्यो सम्पन्न हुन नसक्दा हरेक वर्ष बजार डुबानमा पर्दै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell