PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कलेज जीर्णोद्वारको माग गर्दै विद्यार्थीको प्रदर्शन, 'त्रिचन्द्रले बनाएका नेताहरु त्रिचन्द्र भत्किँदा कहाँ छन्?'

कलेज जीर्णोद्वारको माग गर्दै विद्यार्थीको प्रदर्शन, 'त्रिचन्द्रले बनाएका नेताहरु त्रिचन्द्र भत्किँदा कहाँ छन्?'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : घण्टाघर रहेको त्रिचन्द्र कलेजको भवन परिसरको संरक्षण र जीर्णोद्वारको माग गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्।

२०७१ सालको भूकम्पपछि जीर्ण बनेको उक्त खण्ड पुनर्निर्माणमा सरोकारवालाले कुनै ध्यान नदिएको भन्दै विद्यार्थीहरुले धर्ना दिएका हुन्। संरक्षणको अभावमा घण्टाघर र उक्त क्षेत्रमा रहेका भवनहरु जीर्ण बनेका छन्।

अधिवक्ता संजय अधिकारीले पुरातत्व विभागलाई त्रिचन्द्र कलेजको जीर्णोद्वार गर्न माग गर्दै निवेदन समेत दिएका छन्। उनले विभाग र सरोकारवाला निकालयले भवन जीर्ण बनाउँदै इतिहास मेटाउने प्रयास गरेको बताएका छन्। उनले तत्काल भवनको संरक्षण गर्ने काम नभए त्रिचन्द्र बचाउन सर्वोच्चमा रिट दर्ता गर्ने समेत बताएका छन्।

त्रिचन्द्र कलेजमै पढेका विद्यार्थीहरु अहिले देशको राजनीतिक नेतृत्व गर्ने स्थानमा पुगेको तर तिनैले त्रिचन्द्रलाई भुलेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा त्रिचन्द्र कलेजमै पढेको भन्दै विद्यार्थीहरुले 'डियर पिएम, तपाईं पढेको कलेजको पुनर्निर्माण कहिले', 'धरहरा बन्यो, त्रिचन्द्र कहिले', 'त्रिचन्द्र कलेज विद्यालयमात्रै होइन, इतिहास हो सम्पदा हो' भन्दै ब्यानर समेत प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell