PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

खुल्लामञ्चमा एमसीसीविरुद्ध सभा : विप्लवसहित नेता मञ्चमा, कार्यकर्ता हिलोमा

खुल्लामञ्चमा एमसीसीविरुद्ध सभा : विप्लवसहित नेता मञ्चमा, कार्यकर्ता हिलोमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजधानीको खुल्लामञ्चमा आमसभा आयोजना गरेको छ। मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा आयोजित आमसभा अघि राजधानीका विभिन्न ठाउँबाट जुलुस निकालिएको थियो। प्रदर्शनका क्रममा महासचिव विप्लव पनि सहभागी थिए।

र्‍यालीपछि खुल्लामञ्चमा आमसभा भएको हो। भ्यू टावर बनाउने भन्दै बसपार्क निर्माण भएपछि र भूकम्पपछि निर्माण सामाग्री खुल्लामञ्चमा राखिँदा त्यहाँ आमसभाहरु आयोजना हुन सकेको थिएन। अहिले काठमाडौं महानगरपालिकाले बसपार्क र निर्माण सामाग्री हटाएर खुल्लामञ्चलाई खुल्ला बनाएपछि विप्लवले त्यहाँ पहिलो पटक आमसभा आयोजना गरेको हो।

वर्षाका कारण हिलाम्मे बनेको खुल्लामञ्चमा आमसभा हुँदा प्रदर्शनमा सहभागी कार्यकर्ताहरुलाई अप्ठेरो परेको छ। हिलोमा उभिएर नेताहरुको भाषण सुन्न उनीहरु बाध्य भएका छन्। विप्लवसहितका नेताहरु भने मञ्चमा छन्। विप्लव नेतृत्वको पार्टीले एमसीसी खारेज हुनुपर्ने माग गर्दै आएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell