PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

खोपपछि सहज रुपमा सुरु भयो कक्षा १२ को परीक्षा, यस्तो देखियो परीक्षा केन्द्रको दृश्य

खोपपछि सहज रुपमा सुरु भयो कक्षा १२ को परीक्षा, यस्तो देखियो परीक्षा केन्द्रको दृश्य

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : यो भक्तपुरमा रहेको आदर्श आजाद उच्च माध्यामिक विद्यालय हो। यहाँ कक्षा १२ का परीक्षा चलिरहेको छ। कोरोना भाइरस विरुद्ध सबैखाले सावधानी अपनाएर परिक्षा संचालन भएको आज पहिलो दिन हो।

भक्तपुरमा जसरी आज देशभरी नै कक्षा १२ को परीक्षा सुरु भएको छ। यस परीक्षामा ३ लाख ७४ हजार विद्यार्थीले सहभागिता जनाइरहेका छन्।  

पटक पटक स्थगित भएको परीक्षा आजबाट भौतिक रुपमा नै सुरु भएको हो। लामो समयदेखि कोभिड १९ का कारण परीक्षा अवरुद्ध हुँदै आएको थियो। स्थिति अनुकूल हुन्थ्यो भने यो परीक्षा गत जेठमा भइसक्थ्यो। तर, संक्रमण दर बढ्नेक्रम नथामिएकाले लकडाउन जारी रह्यो र परीक्षा अवरुद्ध।

पछिल्लो समय कोभिड १९ विरुद्धको खोप लगाएपछि विद्यार्थीहरुलाई परीक्षाका लागि स्थिति अनुकूल बनेको हो। आजबाट सुरु भएको परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell