PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दृश्यमा हनुमानढोकामा ५४ कुमारीको पूजा

दृश्यमा हनुमानढोकामा ५४ कुमारीको पूजा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : हनुमानढोकामा य:सिं ठड्याएसँगै यँया: (इन्द्रजात्रा) सुरु भएको छ। यस पर्वमा मुख्य आकर्षणको केन्द्रमा रहेकी हुन्छिन् जीवित देवि कुमारीको रथ यात्रा। यसै अवसरमा काठमाडौंको विभिन्न स्थानमा कुमारी पूजा हुनेगर्छ।

नेवार समुदायमा ईही (बेल विवाह) नगरेको २ वर्षदेखि ८ वर्ष उमेर समूहका बालिकाहरुलाई कुमारीका रुपमा पूजा गर्ने प्रचलन रहेको छ। यसरी पूजा गरेमा बालिकाहरुलाई रोक नलाग्ने जनविश्वास रहेको छ।

यसैबिच आज हनुमानढोकामा कुमारी पूजाले निरन्तरता पायो। विगत केही वर्षदेखि हनुमानढोका परिसरमा कुमारी स्थानीय कल्ब र संघसंस्थाले कुमारी पूजा गर्दै आएका छन्। आज ५४ जना बालिकाहरु पूजामा सहभागी भए। पूजा पश्चात बालिकाहरुलाई तलेजु भवानीको दर्शन गराइएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell