PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

ओलीको समर्थनमा युवा संघ र युथफोर्स सडकमा, मार्चपास निस्कँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त

ओलीको समर्थनमा युवा संघ र युथफोर्स सडकमा, मार्चपास निस्कँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा राष्ट्रिय युवा संघ र युथ फोर्सले राजधानीमा शनिवार ‍र्‍याली निकालेको छ।

रातो पहिरनमा सयौंको संख्यामा रहेका युवासंघ र युथफोर्स कार्यकर्ताहरुले 'ओली नै यो पुस्ताको नेतृत्व हो' भन्दै माइतीघरबाट बानेश्वरसम्म मार्चपास गरेका थिए। गत शनिवार एमाले नेता महेश बस्नेतले १० हजार युथफोर्स कार्यकर्तालाई काठमाडौंमा मार्चपासका लागि उत्तार्ने बताएका थिए।

मार्चपासका क्रममा उनीहरुल सर्वोच्च अदालतको परमादेशबाट ओली नेतृत्‍वको सरकार हटेको भन्दै न्यायालयविरुद्ध नारा लगाएका थिए। 'केपी ओली ह्वी लभ यु' भन्दै माइतीघर पुग्दा प्रहरी र युवा कार्यकर्ताबिच केही समय धक्कामुक्की भएको थियो।

ओली समर्थित युवाहरुको प्रदर्शनका कारण  माइतीघर बानेश्वार सडक खण्डको ट्राफिक व्यवस्थापन केही समय अस्तव्यस्त भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell