PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

खोप लगाउन टेकुमा उर्लियो भिड, प्रहरीले माइकिङ गर्दै भन्यो : भोलि आउनुस्

खोप लगाउन टेकुमा उर्लियो भिड, प्रहरीले माइकिङ गर्दै भन्यो : भोलि आउनुस्

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आज बिहानैदेखि टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल बाहिर मानिसहरुको घुँइचो बढेको थियो। कोभिड १९ विरुद्ध अमेरिकी खोप जोन्सन एन्ड जोन्सन दिन सुरु गर्ने भनिएपछि खोप लगाउन धेरै संख्यामा मानिसहरु लाइन बस्न पुगेका थिए।

बिहान ४-५ बजेदेखि नै मानिसहरु लाइनमा थिए। अस्पतालबाट सुरु भएको लाइन निकै लामो हुँदै गयो। समय जति बढ्दै गयो त्यति नै खोप लगाउन मानिसको भिड बढ्दै गयो।

अस्पताल बाहिर थामिनसक्नु भिड ओर्लिएपछि अस्पतालले आज खोप दिने कार्य नै स्थगित गरेको छ। प्रहरीले माइकिङ गर्दै अस्पताल परिसर बाहिरबाट जान भनेको छ।

'आज खोप दिने कार्य स्थगित गरिएको छ, भोलि आउनुस्' भन्दै प्रहरीले लाइनमा बसेका मानिसहरुलाई हटाएको छ।

यस्तै, मीन भवनस्थित सिभिल अस्पतालमा पनि खोप लगाउन मानिसको भिड बढेको छ।

आजबाट देशभर ५० देखि ५४ वर्ष उमेरसम्मका लाई जोन्सन एन्ड जोन्सनको खोप दिने कार्यतालिका रहेको छ।

यस्तै, पूर्ण र अति अशक्त अपाङ्गता भएका, नेपालमा रहेका शरणार्थी र यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप दिइँदैछ।



ट्रेन्डिङ पोस्ट

Ncell