PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

सुरक्षा घेराबिच ठाँटका साथ कारागारबाट सांसद रेशम चौधरी निर्वाचन आयोगमा

सुरक्षा घेराबिच ठाँटका साथ कारागारबाट सांसद रेशम चौधरी निर्वाचन आयोगमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : डिल्लीबजारस्थित कारागारमा पार्टीको आधिकारिकताको लागि सनाखत गर्न नमानेपछि सांसद रेशम चौधरीलाई सुरक्षा घेराका साथ निर्वाचन आयोग पुर्‍याइएको छ। 

गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागको स्वीकृतिपछि सांसाद चौधरीलाई डिल्लीबजार कारागारबाट आयोग पुर्‍याइएको हो। बाक्लो सुरक्षाकर्मीको घेरामा सांसद चौधरीलाई आयोग लगिएको थियो। उनी नीलो कुर्थामाथि स्टकोट लगाएर ठाँटिएर आयोग पुगेका थिए।

सांसद चौधरीले आयोगमा नै गएर सनाखत गर्ने अडिक लिएका थिए।

जनता समाजवादी पार्टीको आधिकारिताका लागि भएको सनाखतमा अध्यक्ष उपेन्द्र यादवको पक्षले उनले हस्ताक्षर गर्ने बताइएको भए पनि उनले दुवै पक्षका नेतासँग भेट गरेका छन्। आयोग पुग्दा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले दुवै पक्षका नेतासँग भेटेर कुरा गर्ने अनिमात्र निर्णय गर्ने बताएका छन्।

राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। २०७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुर घटनाको कारण उनी अहिले अदालतको फैसला अनुसार कारागार जीवन बिताइरहेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell