PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

बालकोटका लागि बालुवाटारबाट निस्किए ओली, सडक कब्जा गरेर युवा संघका कार्यकर्ता स्कर्टिङमा

बालकोटका लागि बालुवाटारबाट निस्किए ओली, सडक कब्जा गरेर युवा संघका कार्यकर्ता स्कर्टिङमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवासबाट बाहिरिएका छन्। प्रहरीको स्कर्टिङसहित ओली बालुवाटारबाट बालकोटका लागि निस्किएका हुन्।

सरकारी निवास भित्रबाटै नेकपा एमालेका कार्यकताहरु ओलीको गाडीको पछाडि हर्न बजाउँदै निस्किएका छन्।

युवा संघले ओलीलाई मोटरसाइकल र गाडीको स्कर्टिङसम्म बालकोटमा स्वागत गर्ने तयारी गरेको छ। जसकारण ओलीको सवारी हुने सडकमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ। 

युवा संघका कार्यकर्ताहरुले र्‍यालीका क्रममा न्यायालयविरुद्ध समेत नाराबाजी गरेका थिए।

उनीहरुले 'अघि बढ केपी बा, साथ दिन तयार छु' , ' केपी बा हाइ हाइ', 'आइ लभ यु केपी बा', 'आजलाई हैन भोलिलाई,  हाम्रो साथ ओलीलाई', 'चुनाव चिन्ह हाम्रो हो हाम्रो हो' भन्दै नारा लगाउँदै ओलीको सवारी पछाडी रहेर नारा लगाउँदैछन्।



ट्रेन्डिङ पोस्ट

Ncell