PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

काबुलबाट धमाधम फर्कंदै नेपाली, चाटर्ड फ्लाइटबाट थप नागरिक फर्किए स्वदेश

काबुलबाट धमाधम फर्कंदै नेपाली, चाटर्ड फ्लाइटबाट थप नागरिक फर्किए स्वदेश

रोजन श्रेष्ठ/पहिलोपोस्ट


आन्तरिक द्वन्द्वमा फसेको अफगानिस्तानबाट विभिन्न देशले नागरिक फिर्ता लैजाने क्रम जारी छ। विद्रोही संगठन तालिवानले राजधानी काबुल समेतलाई नियन्त्रणमा लिएपछि त्यहाँ रहेका विदेशी नागरिकहरु धमाधम स्वदेश फर्किरहेका छन्। नेपाली नागरिकहरु पनि मंगलबारदेखि स्वदेश फर्कन थालेका छन्। 

अफगानिस्तानबाट उद्दार भई कुवेत पुगेका ११८ जना नेपाली नागरिक मंगलबार बिहान काठमाडौँ आइपुगेका थिए। यस्तै, साँझ थप नेपाली चाटर्ड फ्लाइटबाट नेपाल आइपुगेका हुन्। परराष्ट्र मन्त्रालयले स्वदेश फर्किएका नागरिकलाई कोभिड –१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा

आवश्यक स्वास्थ्य परीक्षण गरी होल्डिङ सेन्टरमा पुर्‍याइएको जनाएको छ। सरकारले काबुलमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह समेत गरिरहेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell