PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

लिंगे पिङमा मच्चिँदै चचहुई सरररर……

लिंगे पिङमा मच्चिँदै चचहुई सरररर……

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : दशैंका समय एक पटक भए पनि धर्ती छोड्नुपर्छ भन्ने मान्यता रहेको छ। यसको अर्थ धर्ती छोडेर पिङमा मच्चिँदै आनन्द लिनु हो। यही विश्वासले पनि दशैंसँग जोडिएर आउने पिङको महत्व बढी छ।

दशैंमा गाउँ घरका दोबाटो, चौरमा रोटेपिङ, लिंगे पिङको 'चचहुइ'ले गाउँ नै गुञ्जायमान हुनेगर्छ। तर, शहर भने सुनसान हुँदै गएको छ।

बढ्दो शहरीकरण, प्रविधिको विकास र साघुँरिदो समाजिक दायराले अहिले शहरमा पिङको आकर्षण लोप हुँदै गएको छ। उपत्यकाभित्र बस्तीहरुमा फाटफुट लिंगे पिङ भेटिए पनि युवा पुस्ताले पिङको मज्जा सहजै लिन पाउँदैनन्। पिङ खेल्न मन हुनेहरुलाई काठमाडौंमा सहजै पिङ भेट्न पनि ग्राहो छ।

गत वर्ष कोरोना संक्रमणका कारण दशैंको बेला काठमाडौंमा पिङहरु राखिएन। यो वर्ष भने काठमाडौंमा पिङहरु देखिएका छन् तर तुलनात्मक रुपमा पहिलाभन्‍दा कम संख्यामा मात्रै।

काठमाडौंकै साँखुमा पिङ चढेर मज्जा लिन बालबालिकाहरु बिहानै देखि बज्रयोगिनी पुग्ने गरेका छन्। बज्रयोगिनी मन्दिरमा पुग्ने दर्शनार्थीहरुले पनि दशैंका समय एक पटक भए पनि धर्ती छोड्न भन्दै पिङ चढ्दैछन्।

साँखुको बज्रयोगिनी मन्दिर रहेको डाँडामा बालबालिकाहरु पिङ खेल्दै गरेको दृश्य : 



ट्रेन्डिङ पोस्ट

Ncell