PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

मध्यपुर ग्राउण्डमा रग्बी : यस्तो देखियो खेलाडीको प्रदर्शन

मध्यपुर ग्राउण्डमा रग्बी : यस्तो देखियो खेलाडीको प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : रग्बी खेल नेपालमा कमै मात्र प्रख्यात छ। रग्बीको नेपालमा विकास गर्न र खेललाई अझ प्रख्यात बनाउन खेलाडीहरु लागि परिरहेका छन्।

यस्तोमा नेपाल रग्बी एसोसियसनले आज अन्तर जिल्ला प्रतियोगिताको आयोजना गरेको छ। ‘वाग्मती रग्बी सेभेनएस अन्तर जिल्ला प्रतियोगिता’ मध्यपुर ग्राउण्ड सानोठिमी भक्तपुरमा भएको हो।

प्रतियोगितामा महिलातर्फ मकवानपुर विजयी भएको छ। काठमाडौंलाई हराउँदै मकवानपुर विजयी भएको हो। पुरुषतर्फको फाइनल भने विवादका कारण स्थगित भएको छ। पुरुषतर्फको फाइनल भोलि दिउँसो ४ बजे हुने बताइएको छ।

प्रतियोगितामा पुरुषतर्फ काठमाडौं, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, रामेछाप र भक्तपुरको टिमले सहभागिता जनाएका थिए भने महिलातर्फ मकवानपुर, काठमाडौं र ललितपुरको टिम सहभागी थिए।



ट्रेन्डिङ पोस्ट

Ncell