PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

दशैं आयो तर पाक्दैछ धान, खेतीबारीमा व्यस्त जीवनको दृश्य कथा

दशैं आयो तर पाक्दैछ धान, खेतीबारीमा व्यस्त जीवनको दृश्य कथा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


आजदेखि दशैं सुरु भएको छ। अन्नबाली भित्र्याइसकेर रमाउने पर्व। तर यी दृश्यहरु हुन्, काभ्रेपलाञ्चोकको बल्थलीको। खेतमा धान पाक्दैछ। यसपाला वर्षा याम लम्बिएर दशैंसम्म तन्किएको छ।  त्यसैले बाली भित्र्याएर रमाइलो गर्न भ्याएका छैनन्। किसानका लागि बाली भित्र्याउनु पहिलो पर्व, त्यसपछि अरु।

बनेपा - पनौती - खोपासी हुँदै यहाँ पुग्दा दशैंको रौनक भित्रिँनै बाँकी भएको अनुभूति जो कसैलाई पनि हुने गर्छ। मानिसहरु खेतबारीमा भेटिन्छन्। घाँसको भारी खेप्न भिरतिर पुगेका किसानका लागि बस्तुभाउको पेट भर्ने दायित्व छँदैछ। पाकेका धानका बालाले दशैंको झल्को दिइरहेको भए पनि गाउँले जीवनका यी दृश्यहरुले फरक फरक कथा बोलिरहेको देखिन्छ -



ट्रेन्डिङ पोस्ट

Ncell