PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बुंगमतीबाट पाटनको त:बहा: फर्किए रातो मछिन्द्रनाथ

बुंगमतीबाट पाटनको त:बहा: फर्किए रातो मछिन्द्रनाथ

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई बुंगमतीबाट पाटनको त: बहा: (मछिन्द्रबहाल) मा ल्याइएको छ। पानेजुहरुले करुणामयलाई खटमा राखेर बुंगमतीबाट बोक्दै मछिन्द्रबहाल पुर्‍याएका हुन्।

रातो मछिन्द्रनाथलाई पाटनको तःबहामा ६ महिना र बुंगमतीमा ६ महिना राख्ने गरिन्छ।

रातो मछिन्द्रनाथलाई बुंगमतीबाट त: बहा:मा ल्याइँदै गर्दा बुंगमतीकी जीवित देवी कुमारी समेत उपस्थित थिइन् भने गुरुजुको पल्टनले सलामी दिएको थियो।

कोरोना संक्रमणका कारण दुई वर्ष रातो मछिन्द्रनाथको रथ यात्रा पुरा हुन सकेको छैन। रथलाई पुल्चोककै पाटीसम्म तानेर नित्य पूजा गरेर बुंगमती लगिँदै आइएको छ।  

पढ्नुस : नरेन्द्र देव भक्तपुर लग्न चाहन्थे तर पाटनमै रोकिए लोकेश्वर, रथयात्रा सम्पन्न नभए रातो मछिन्द्रनाथलाई भक्तपुर लग्ने जनश्रुति यस्तो



ट्रेन्डिङ पोस्ट

Ncell