PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

राप्रपा महाधिवेशनस्थलको दृश्य : मनोनयन दर्ता गराउँदै, प्रतिनिधिसँग मत माग्दै उम्मेदवार

राप्रपा महाधिवेशनस्थलको दृश्य : मनोनयन दर्ता गराउँदै, प्रतिनिधिसँग मत माग्दै उम्मेदवार

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन्। भृकुटीमण्डपमा बनाइएको मनोनयन दर्ता स्थल पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्।

राजेन्द्र लिङ्देनले अभिनेत्री एवम् राप्रपा महामन्त्री पदकी आकांक्षी रेखा थापासँगै पुगेर मनोनयन दर्ता गराएका हुन्। उनीहरुले मनोनयन दर्ता गराएपछि कमल थापाले मनोनयन दर्ता गराएका थिए।

अहिले दुवैको प्यानलबाट पदाधिकारी पदका आकांक्षीहरुले मनोनयन दर्ता गराइरहेका छन्। यस्तै, केन्द्रिय सदस्य पदका लागि पनि राप्रपा नेताहरुले उम्मेदवारी दिने क्रम जारी छ।

हाल भृकुटीमण्डप क्षेत्रमा उम्मेदवारहरुले प्रतिनिधिहरुसँग मत मागिरहेको देख्न सकिन्छ। यस्तै, भृकुटीमण्डप क्षेत्र वरिपरि उम्मेदवारको लागि मत माग्दै ब्यानरहरु टांगिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell