PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

सभागृहको दृश्य : पानी ट्यांकीलाई यसरी बनाइँदैछ मतपेटिका

सभागृहको दृश्य : पानी ट्यांकीलाई यसरी बनाइँदैछ मतपेटिका

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यतालिका रहेको छ। मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय बनाइएको छ। आकांक्षी नेताहरु सभागृहमा पुगेर मनोनयन दर्ता गराउने क्रम सुरु भइसकेको छ। यस्तै, उम्मेदवार र तिनका समर्थक प्रचार प्रसारमा व्यस्त छन्।

यसबिच, सभागृहको चौर भने हरियो पानीको ट्‍यांकीले भरिएको छ। मंसिर २७ गते हुने निर्वाचनका लागि ट्यांकीलाई मतपटेकीको रुप दिइनेछ। सभागृहमा ट्यांकीको बिर्कोमा प्वाल पारेर मत खसाउन मिल्ने गरि मतपेटिका बनाइँदैछ।

आज उम्मेदवारी मनोनयन भएपछि दर्ता उपर दाबी विरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय २५ गते साँझ ७ देखि ९ बजेसम्म हुनेछ। उम्मेदवारको पहिलो नामावली प्रकाशन २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २६ गते दिउँसो १२:१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुनेछ।

मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell