PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

म पनि मतदाता! नाम लेखाउन र परिचयपत्रका लागि फोटो खिचाउनेको भिड

म पनि मतदाता! नाम लेखाउन र परिचयपत्रका लागि फोटो खिचाउनेको भिड

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : निर्वाचन आयोगले संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरेर मतदाता नामावाली संकलन गरिरहेको छ। असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम संचालन भएको हो।

मतदाता नामावली दर्ता गराउन अनामनगरस्थित निर्वाचन आयोगको काठमाडौं जिल्ला कार्यालयमा भिड लागेको छ। बिहानैदेखि उमेर पुगेका नागरिकहरु मतदाता परिचयपत्र बनाउन पुगिरहेका छन्।

यस अवधिमा नागरिकता लिएका र मतदाता नामावली ऐन २०७३ बमोजिम योग्यता पुगेका सबै नेपाली नागरिकहरुले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्। आयोगका अनुसार प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गएर योग्यता पुगेका नागरिकहरुले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्।

यस्तै, यो अवधिमा नाम दर्गा गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने समेत जनाइएको छ।

आयोगले मतदाता परिचयपत्र भएको तर कारणवश् मतदाता नामावलीमा नाम नरहेको व्यक्तिहरुले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने जनाएको छ। यस्तै, आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेको तर पेशा वा व्यवसाय अर्को जिल्लामा गर्दै आइरहेकाहरुले पनि जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने छन्। त्यस्तो व्यक्तिको नाम निजको स्थानीय ठेगाना रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता कार्यक्रम समेत संचालन हुने आयोगले जनाएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell