PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

सकियो नवदुर्गा नाच, ब्रम्हायणीमा मध्यरातमा जलाइँदै ख्वा:पा

सकियो नवदुर्गा नाच, ब्रम्हायणीमा मध्यरातमा जलाइँदै ख्वा:पा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुरः आज भलभल अष्टमी। भक्तपुरमा विधिवत् रुपमा नवदुर्गा नाच सम्पन्न हुँदैछ। नवदुर्गा देवगणहरुले लगाउने देवदेवीहरुको ख्वाःपा (मुकुन्डो) आज मध्यरातमा ब्रम्हायणीमा लगेर जलाएपछि यो नाच सकिन्छ। नवदुर्गा नाचका लागि प्रत्येक वर्ष ख्वाःपा बनाउने गरिन्छ।

पढ्नुस : देवता बनाउने मान्छेको कथा : नवदुर्गाको ख्वापा बनाउने अन्तिम चित्रकारलाई थाहा छैन - उनले नसक्दा के हुन्छ?

मंगलबार दिउँसो भक्तपुरको नवदुर्गा मन्दिरमा विधिवत् पूजासँगै बहास् मा देवदेवीको नाच देखाइएको थियो। त्यसपछि देवगणहरुले भक्तपुर नगर परिक्रमा गरेका थिए।

दशैँको महानवमीमा ब्रम्हायणीमा खम्ये (राँगो) को बध गरेपछि सुरु हुने तान्त्रिक नवदुर्गा नाच उपत्यकाकै सबैभन्दा लामो समय चल्ने नाच हो। नवदुर्गा नाचमा महादेव, गणेश, त्रिपुरासुन्दरी, सिम्बः, बम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, दुम्बः र श्वेत भैरब गरी १३ देवगणको नृत्य प्रस्तुत गर्ने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell