PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

न्यातपोल मन्दिरको वर्षबन्धन, भक्तपुरमा फहराइयो झण्डा

न्यातपोल मन्दिरको वर्षबन्धन, भक्तपुरमा फहराइयो झण्डा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : भक्तपुरको टौमढीस्थित न्यातपोल(ङातापोल) मन्दिरमा वर्षबन्धन पूरा गरी झण्डोत्तलन गरिएको छ। नेपाल संवत् ८ सय २२ मा आजकै दिन निर्माण सम्पन्न भएको मन्दिरमा सेतो कपडामा रातो चन्द्र आकार भएको ठूलो झण्डा फहराइएको हो। स्थानीय भाषामा यसलाई ‘भूषादान’ भनिन्छ।

मन्दिर निर्माण कार्य पूरा भएर गजुर हालेको स्मरणमा हरेक वर्ष यसरी झण्डा फहराउने गरिन्छ। मन्दिरको पहिलो तल्लाबाट चढ्दै पाँचौ तल्लासम्म पुगेर गजुरमा झण्डा फहराउने गरिन्छ।

ङातापोल मन्दिर राजा भूपतिन्द्र मल्लको पालामा निर्माण भएको हो। उक्त मन्दिर तान्त्रिक विधिले ६ महिनामा निर्माण भएको कथन छ।

२०७२ सालको भूकम्पले मन्दिरको माथिल्लो भागमा क्षति पुगेको थियो। भक्तपुर नगरपालिका र स्थानीयको श्रमदानमा मन्दिरको जीर्णोद्धार सम्पन्न भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell