PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

भक्तपुर दरबार स्वाक्वायरमा चिनियाँ नेता लिउको टोली

भक्तपुर दरबार स्वाक्वायरमा चिनियाँ नेता लिउको टोली

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज भक्तपुर क्षेत्रको अवलोकन गरेका छन्। जियानचाओ आज भक्तपुर दरबार स्वाक्वायर लगायतका स्थानमा अवलोकनका लागि पुगेका थिए।

सो क्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलगायत उपस्थित थिए।

चार दिने भ्रमणका लागि चिनियाँ टोली आइतवार काठमाडौं आइपुगेको हो। लिउको टोलीले राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिसकेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell