PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बृहस्पति विद्या सदनका बालबालिकाहरुले लगाए कोरोनाविरुद्धको खोप

बृहस्पति विद्या सदनका बालबालिकाहरुले लगाए कोरोनाविरुद्धको खोप

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आजबाट ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाउन सुरु गरिएको छ। असार १५ गतेसम्म काठमाडौंका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै छ।

देशभर ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ। बालबालिकालाई खोप लगाउनका लागि एक हजार ३०० खोप केन्द्र तोकिएका छन्। खोप यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्समार्फत करिब २२ लाख मात्रा आएको थियो।

काठमाडौंका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र स्थापना गरी खोप लगाइएको छ। विद्यालयबाहेक बालमन्दिर र कारागारमा समेत खोप लगाइएको छ।

आजदेखि १५ गतेसम्म २७ जिल्लाका बालबालिकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ।

यस्तै, दोस्रो चरणमा ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ। पाँच वर्षदेखि १२ वर्षमुनि उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाइने छ।

यस्तै, विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ। खोप एक स्थानीय तहलाई एकै चरणमा सम्पन्न गरिनेछ।

खोप केन्द्रमा कम्तीमा एक जना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित सङ्ख्याको आधारमा थप स्वास्थ्यकर्मी तथा दुई जना स्वयंसेवक र प्रति २०० थप लक्षित सङ्ख्याको लागि थप एक जना स्वयंसेवक परिचालित छन्।

सोही खोप अभियानअन्तर्गत आज नक्सालस्थित बृहस्पति विद्या सदन स्कुलका बालबालिकाहरुलाई पनि खोप लगाइएको छ। सोही विद्यालयमा सञ्चालित खोप अभियानका केही दृश्यहरु :



ट्रेन्डिङ पोस्ट

Ncell