PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मूल्यवृद्धिविरुद्ध उत्रिएका विद्यार्थीमाथि अश्रुग्यास, प्रदर्शनकारीले फुटाए प्रहरीको गाडी

मूल्यवृद्धिविरुद्ध उत्रिएका विद्यार्थीमाथि अश्रुग्यास, प्रदर्शनकारीले फुटाए प्रहरीको गाडी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थी र प्रहरीबिच झडप भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबिच विरोध प्रदर्शनका क्रममा झडप भएको हो।

नेपाल आयल निगमले गए रातिबाट पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। उनीहरुले अहिले साँझ घण्टाघरस्थित त्रिचन्द्र कलेज अगाडि प्रदर्शन गरेका थिए। उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूको पुतला समेत जलाएका थिए।

प्रदर्शनकारी र प्रहरीबिच ढुंगा हानाहान भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन/चार अश्रुग्यास पनि प्रहार गरेको छ। सो क्रममा प्रदर्शनकारीहरुले प्रहरीको गाडीमा तोडफोड गरेका छन्।

झडपमा परी केही प्रदर्शनकारी र प्रहरी पनि घाइते भएका छन्। प्रदर्शनका कारण सो क्षेत्रको सवारी आवागमन रोकिएको थियो।

निगमले पेट्रोल एक लिटरमा २१ रुपैयाँले र डिजेल तथा मट्टितेल २७ रुपैयाँले बढाएको छ। एक लिटरमा एकैपटक यति ठूलो मूल्यवृद्धि भएको नेपालमा पहिलोपटक हो। यो मूल्यवृद्धि सँगै अब पेट्रोलको मूल्य एक लिटरकै १९९ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको पनि १९२ रुपैयाँ पुगेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell