PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

दुर्घटनापछि सल्लाघारी सडक छेउका जोखिमपूर्ण रुख काट्न थालियो

दुर्घटनापछि सल्लाघारी सडक छेउका जोखिमपूर्ण रुख काट्न थालियो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आइतवार भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा मानिसको मृत्य भएपछि सडक छेउमा भएका जोखिमपूर्ण रुखहरु काट्न थालिएको छ।

सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले सोमवार सडक छेउका रुखहरु काटेको हो। सोमवार सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको थियो।

सडकको छेउमा रहेका रुखहरु हावाहुरी चल्दा तथा अन्य कारणबाट जोखम बढेको भन्दै रुख काटिएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell