PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सुरु भयो साउन, असन-इन्द्रचोकमा यसपटक फस्टाउँला चुरापोतेको व्यापार ?

सुरु भयो साउन, असन-इन्द्रचोकमा यसपटक फस्टाउँला चुरापोतेको व्यापार ?

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : साउन महिना सुरु भएसँगै बजारमा हरियो पहिरन र चुरापोते किन्न पुग्नेको संख्या बढ्दो छ। असन-इन्द्रचोक क्षेत्रमा साउनभर चुरापोते किन्न पुग्छन् महिलाहरु।

भगवान शिवको आराधना गरि यो महिनाभर महिलाहरु ब्रत बस्दै हरियो, रातो चुराका साथै मेहन्दी लगाउने गर्छन्। साउने सोमवारमा भने शिवालयमा ठूलै भिड लाग्ने गर्छ।

करिब ३ वर्ष कोरोना भाइरस संक्रमणका कारण साउनमा राम्रो व्यापार हुन सकेको थिएन। यसपटक भने राम्रो व्यापार हुनेमा व्यापारीहरु आशावादी छन्।

असन-इन्द्रचोकमका पसलहरु यतिखेर हरियो चुरापोते तथा हरियो पहिरनले भरिएका छन्। पसलहरुमा पोत उन्ने क्रम पनि बढ्दो छ। यसपटक सामाग्री किन्न ग्राहक आउने क्रम बढेको व्यापारी बताउँछन्।



ट्रेन्डिङ पोस्ट

Ncell