PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

एमालेको पदयात्रा : अघिअघि ओली, चुच्चे नक्सा र राष्ट्रिय झण्डा बोक्दै पछिपछि नेता कार्यकर्ता

एमालेको पदयात्रा : अघिअघि ओली, चुच्चे नक्सा र राष्ट्रिय झण्डा बोक्दै पछिपछि नेता कार्यकर्ता

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेकपा एमालेले आज बृहत पदयात्रा आयोजना गरेको छ। संविधान दिवसको अवसरमा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले पदयात्रा आयोजना गरेको हो। 

शनिवार बिहानै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भेला भएर एमाले नेता कार्यकर्ताहरु पदयात्रामा सहभागी भएका छन्।

लैनचौर, मैतिदेवी, कालिमाटी, कुपन्डोल र नयाँ बानेश्वरबाट भेला भएर उनीहरु वसन्तपुर पुगेका थिए। पदयात्राको अगुवाइ एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए।नेता र कार्यकर्ताहरुसँगै हिँड्दै ओली वसन्तपुर पुगेका हुन्। ओलीले पदयात्राको नेतृत्व गरिरहँदा एमाले नेता र कार्यकर्ताहरुले नेपालको नक्सा र झण्डा बोक्लै पछिपछि हिँडेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell