PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

घुमन्ते जीवनशैली धान्न भक्तपुर आए राउटेहरु, बेच्दैछन् आफ्नैले बनाएका काठका सामाग्री

घुमन्ते जीवनशैली धान्न भक्तपुर आए राउटेहरु, बेच्दैछन् आफ्नैले बनाएका काठका सामाग्री

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : घुमन्ते जातिमा पर्छन् राउटेहरु। ‘जंगलका राजा’ भनेर आफैलाई चिनाउने यो समुदाय नेपालको अन्तिम घुमन्ते जाति हो भन्दा फरक पर्दैन। प्राय: जंगलमा बास गर्ने यो समुदाय पछिल्लो समय शहर पनि आउजाउ गर्न थालेका छन्। कहिले सरकारसँग सहयोग माग्न त कहिले आफ्नो जीविकोपार्जन धान्न।

यही राउटे समुदायका केही पुरुषहरु केहीदिनयता भक्तपुरमा छन्।जीवननिर्वाहका लागि उनीहरु आफूले बनाएका सामाग्रीहरु बिक्री गर्न भक्तपुर पुगेका हुन्। तिनीहरु मध्ये एक हुन् दीपक शाही।

२० वर्षीय उनी जंगलका काठ काटेर बनाएको पिर्का, झुमा लगायतका सामाग्री बेच्न भक्तपुर आएका हुन्। उनीसँगै आएका छन् राउटे समुदायका अन्य व्यक्ति पनि।

दीपक यसअघि तीनपटक काठमाडौं आइसके। दैलेखको भगवतीमाई गाउँपालिकामा रहेको खोला किनारमा बस्दै आएका उनी तीनैपटक यसरी नै सामान बेच्न काठमाडौं आएका हुन्। १२ वर्ष हुँदा भक्तपुर पहिलोपटक आएका उनी अहिले फेरि सामानै बेच्न आएको बताउँछन्।

‘दुई वर्षअघि आएको यसरी नै सामान बेच्न। दुई वर्षमा बिग्रन्छ। फेरि दुई वर्षपछि आउँछु,’ भक्तपुरको दरबार स्क्वायरमा आफूले बनाएको सामान प्रदर्शन भइरहँदा उनले भने।

पुर्खादेखि यही पेशा गर्दै आएका राउटेहरु पहिला काठका सामाग्री बेचेर अन्नसँग साट्थे। अहिले भने उनीहरु काठका सामान बेच्न शहर नै आउन थालेका हुन्। गाउँमा भने अन्नसँगै सामान बेच्ने उनी बताउँछन्।

दीपक शाही


‘गाउँमा अन्नसँगमात्रै बेच्ने हो। चामल, मकै, धान जे दियो त्यही लिन्छौं। पैसा लिन्दैनौ। यहाँ शहरमा पैसामा बेच्ने हो।’

राउटेहरुलाई सहयोग गर्ने उद्देश्यले एइआइएन लक्जमबर्ग, कर्णाली प्रदेश सरकार र सामाजिक सेवा कन्द्र नेपालको पहलमा उनीहरुले बनाएका काठका सामाग्री काठमाडौं ल्याएर प्रदर्शनी र बिक्रीमा राखिएका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell