PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

 दृश्यमा रमणीय गोसाइकुण्ड : धार्मिक र पर्यटकीय यात्राको संगमस्थल

दृश्यमा रमणीय गोसाइकुण्ड : धार्मिक र पर्यटकीय यात्राको संगमस्थल

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : रसुवालाई कुण्डै-कुण्डको जिल्ला भनिन्छ। यहाँ १०८ वटा कुण्ड रहेको छ। यी मध्ये गोसाइकुण्ड धार्मिक तथा पर्यटकीय हिसावले चर्चित छ। समुद्रट्ठ सतहबाट ४ हजार ३८० मिटर उचाईमा रहेको गोसाइकुण्डलाई त्रिशुली नदीको उद्गमस्थलका रुपमा समेत लिने गरिन्छ।

लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको गोसाइकुण्डलाई रामसार क्षेत्रमा पनि समावेश गरिएको छ।  

जनैपूर्णिमाका दिन यहाँ ठूलो मेला लाग्ने गर्छ। शिवकुण्ड भनेर समेत भनिने गोसाइकुण्डमा स्नान गर्नाले मनले चिताएको पूरा हुने विश्वास छ।

गोसाइकुण्ड धार्मिकरुपमा मात्रै नभइ पर्यटकीय हिसावले पनि महत्वपूर्ण छ। यहाँ अहिले हाइकिङ जानेको संख्या बढ्दो छ। गोसाइकुण्डको अलौकिक भू-बनावट पर्यटकहरुलाई आकर्षित गर्ने गर्छ। हेलिकप्टरबाटै गोसाइकुण्ड जाने व्यवस्था पनि अहिले छ।



ट्रेन्डिङ पोस्ट

Ncell