PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

विद्यालयमा रथ तान्दै इन्द्रजात्रा : लाखे बनेर विद्यार्थीले नृत्य देखाए, निकाले पुलुकिसी

विद्यालयमा रथ तान्दै इन्द्रजात्रा : लाखे बनेर विद्यार्थीले नृत्य देखाए, निकाले पुलुकिसी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : यँया: (इन्द्रजात्रा) आउन अब एक हप्तामात्र बाँकी छ। ८ दिन लामो इन्द्रजात्रामा काठमाडौं रम्ने गर्छ। यसबिच आज नक्सालस्थति वृहस्पती विद्या सदनमा इन्द्रजात्रा मनाइएको छ।

विद्यालयको प्राङ्गणमा सांकेतिक रुपमा कुमारीको रथ तानेर इन्द्रजात्रा मनाइएको हो। त्यसक्रममा विद्यार्थीहरुले धिमे भुस्या बजाउँदै विद्यार्थीहरुले रथ तानेका थिए।

यस्तै, विद्यार्थीहरुले नै मजिपा लाखे आजु, पुलुकिसी, सवभक्कु बनेर नृत्य पेस गरेका थिए। विद्यार्थीहरुले नेवारी पहिरनमा नृत्य समेत प्रस्तुत गरेका थिए।

विद्यार्थीहरुलाई काठमाडौंमा मनाइने जात्रापर्वका बारेमा जानकारी दिने हेतुले विद्यालयले हरेक वर्ष यसरी नै इन्द्रजात्रा कार्यक्रम संचालन गर्ने तयारी गरेको छ। यसप्रकारको ‘एक्सट्रा कल्चर एक्टिभिटी’बाट विद्यार्थीहरुमा आफ्नो संस्कृतिप्रति अपनत्व बढ्ने विद्यालयको विश्वास छ।

विद्यालयमा मनाइएको इन्द्रजात्राका लागि रथ र अन्य सामाग्री विद्यार्थीहरुले बनाएका थिए। कक्षा पाँचको पाठ्यक्रममा इन्द्रजात्रा बारे पाठ रहेको र प्रत्यक्ष रुपमा नै यो पर्व मनाएर देखाउन पाए विद्यार्थीले बुझ्ने भनेर आजको कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell