PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

टुँडिखेलमा देउडा गीत र नृत्य गरी यसरी मनाइयो गौरा पर्व

टुँडिखेलमा देउडा गीत र नृत्य गरी यसरी मनाइयो गौरा पर्व

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा पर्व मनाउँदैछन्। भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ।

यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ। पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमी अर्थात उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ।

गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन्। राजधानी काठमाडौंमा पनि सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ।

यो दिनमा सुदूरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो गर्दछन्। काठमाडौंको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमवासीले मनोरञ्जन गर्ने गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell