PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

भक्तपुरको पोटरी स्क्वायरमा ‘तिहार फिभर’ : पाला बनाउने कामको यस्तो छ चटारो

भक्तपुरको पोटरी स्क्वायरमा ‘तिहार फिभर’ : पाला बनाउने कामको यस्तो छ चटारो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : शहरमा तिहारको ‘फिभर’ चढिसकेको छ। मान्छेहरु किनमेल गर्नतिर व्यस्त छन्। घरहरु झिलीमिली हुन सुरु भइसके। फूलको व्यापार पनि उस्तै। यतिबेला भक्तपुरस्थित ‘पोटरी स्क्वायर’ नामले चर्चित ‘कुमाले टोल’मा भने माटाको भाँडा बनाउने कामको चटारो छ।

प्रायः सबै व्यस्त देखिन्छन्। तिहारले गर्दा पालाको ‘डिमाण्ड’ अरु समयभन्दा दोब्बरले बढ्छ। बोल्न समेत फुर्सद छैन। माग अनुसार माटाका भाँडा पुर्‍याउन नसकेर तनाव छ उनीहरुलाई।

माटाको भाँडा बनाउने काम सजिलो छैन। बस्ती बाक्लिएको कारण माटो सजिलै पाइन्न। बिहान झिसमिसैमा उठ्नुपर्छ। उठेदेखि राति अबेरसम्म कामको चटारो हुन्छ।

फेरि, पहिलेको जस्तो माग छैन अहिले। पहिला माटाको ग्राग्रो, घ्याम्पा लगायतका ठूला साइजका भाँडा पनि किन्ने मान्छे आउँथे। अचेल आउँदैनन्। प्लास्टिकका भाँडाले त्यसलाई विस्थापित गरिसक्यो।

पाला (दियो) पनि बिक्री हुने तिहारको सिजनमा मात्रै हो। अरुबेला गमला र खुत्रुके अनि माटाका मूर्तिहरु बिक्री हुन्छन्।



ट्रेन्डिङ पोस्ट

Ncell