PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

कुकुरको उद्धारमा तल्लीन श्रृजना भन्छिन् : हरेक दिन कुकुरको दिन हो

कुकुरको उद्धारमा तल्लीन श्रृजना भन्छिन् : हरेक दिन कुकुरको दिन हो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : गोकर्णमा उद्धार गरि राखिएका कुकुरहरुको पूजा गरिएको छ। गोकर्णमा श्रृजना ठकुरीले श्रीज एनिमल रेस्क्यू नेपाल संस्था खोलेकी छिन्। त्यहीँ नै आज उद्धार गरि स्याहार गरिराखिएका कुकुरहरुलाई पूजा गरिएको हो।

गोकर्णमा उनले एउटा टहरा बनाएर कुकुरहरुलाई उद्धार गरेर राखेकी छिन्। उनको टहरामा हाल करिब ३०० वटा कुकुर छ। श्रृजनाले हालसम्म एक हजारभन्दा बढी कुकुरहरुको उद्धार गरिसकेकी छिन्। उनले घरबाट निकालिएका र सडकमा आश्रित कुकुरहरुको उद्धार गर्ने गरेकी छिन्।

धेरैले कुकुर तिहारको दिन कुकुरको पूजा हुने गरेकोले 'हरेक कुकुरको दिन आउँछ' भन्ने गरेका छन्। तर श्रृजना भने 'हरेक दिन कुकुरको दिन हो' भन्ने सिद्धान्तमा हिँडेको बताउँछिन्।

रेस्क्यू सेन्टरमा रहेका कुकुरहरुलाई माला र टिका लगाउनुका साथै मिठो खानेकुरा दिइएको थियो। यस सेन्टरमा ल्याइएका कुकुरहरुलाई 'एडप्ट' गरेर पनि लग्ने गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell