PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

जम्पर, ट्राउजर र कालो क्यापमा उत्रिएका सन्दीप : हतकडी छोप्न रुमाल, दृश्यमा पक्राउ पर्दाको क्षण

जम्पर, ट्राउजर र कालो क्यापमा उत्रिएका सन्दीप : हतकडी छोप्न रुमाल, दृश्यमा पक्राउ पर्दाको क्षण

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : जबरजस्ती करणीको अभियोगमा क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ। आजै लामिछाने कतार एयरवेजमार्फत काठमाडौं उत्रेका हुन्।

विमानस्थलबाट बाहिरिँदा उनी जम्पर, ट्राउजर र कालो क्यापमा देखिए। कालो क्याप लगाएका उनले कालै मास्क लगाएका थिए। प्रहरीको नियन्त्रणमा रहेका उनको हातमा हथकडी लगाइएको थियो। यद्यपि हतकडी रुमालले छोपिएको थियो।

सन्दीपलाई अब गौशला प्रहरी वृत्तमा राखेर उनीमाथि लागेको आरोपको थप अनुसन्धान हुने प्रहरीले जनाएको छ। विमानस्थलमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको केही दृश्य :

 



ट्रेन्डिङ पोस्ट

Ncell