PahiloPost

Jul 9, 2026 | २५ असार २०८३

असनलाई छोप्यो दशैँको माहोलले : पसलदेखि फुटपाथसम्म किनमेल गर्नेको भीड

असनलाई छोप्यो दशैँको माहोलले : पसलदेखि फुटपाथसम्म किनमेल गर्नेको भीड

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : देशभर दशैँको माहोलले छोपिसकेको छ। दशैँ मनाउन किनमेल गर्नेको घुँइचो पनि उत्तिकै छ मुख्य बजारमा। राजधानीको मुख्य असन क्षेत्र पनि यतिबेला ग्राहकले भरिभराउ देखिन्छ।

इन्द्रचोकदेखि जमलसम्मै फैलेको असन बजारका मुख्य पसलमात्र हैन, फुटपाथ पनि व्यापार गर्ने र किनमेल गर्नेको भीड अहिले देख्न सकिन्छ। जसले गर्दा बाटो छिचोल्न उत्तिकै मुश्किल हुन्छ।

कपडा, जुत्ता पसलमा ग्राहक झुम्मिरहेका देखिन्छन्। असनसँगै दशैँको कपडा किन्न महाबौद्ध, न्युरोड, खिचापोखरीमा पनि भिड देखिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell