PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

मंगलबजारमा गुञ्जियो प्रहरीको ब्यान्ड, नेपाली र नेवारी गीत बज्दा झुमे दर्शक

मंगलबजारमा गुञ्जियो प्रहरीको ब्यान्ड, नेपाली र नेवारी गीत बज्दा झुमे दर्शक

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाल प्रहरीले पाटन दरबार क्षेत्रमा सांगितिक प्रस्तुती दिएको छ। मंगलबजारमा '६७ औ प्रहरी दिवस २०७९' को अवसरमा प्रहरीले ब्याण्ड डिस्प्ले कार्यक्रमको आयोजना गरेको हो।

प्रहरीको ब्यान्डले राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको थियो। कार्यक्रममा प्रहरीले 'फाइनल काउन्टडाउन' गीतका साथै राष्ट्रियता झल्कने गीत र अन्य नेपाली गीत पनि प्रस्तुत गरेका थिए।

यस्तै, प्रहरीले नेपालभाषा (नेवारी) गीत समेत प्रस्तुत गरेको थियो। प्रहरीको ब्यान्ड डिस्प्ले कार्यक्रममा त्यहाँ उपस्थित मानिसहरुले ताली बजाएर साथ दिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell