असोज सकिनै लाग्दा काठमाडौं उपत्यकाको मौसम खुल्न थालेको छ। जेठअसारमा लगाएको धान भित्र्याउने समय पनि हो यो। उपत्यकाका कतिपय स्थान त घरघरैले भरिन थालेका छन्।
अहिले काठमाडौं, ललितपुर र भक्तपुरका फाँटमा लहलह धान झुल्न थालेका छन्। खेतका फाँट सुनौला देखिन थालेका छन्। घरको छेउकुनामा रहेका साना गराहरुमा पनि धान खेती लगाएको देखिन्छ।
बुधवार बिहान भक्तपुरको चाँगुनारायणबाट देखिएको दृश्य :