PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

म पनि माननीय (फोटोफिचर)

म पनि माननीय (फोटोफिचर)

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ। आज बहादुर भवनमा आयोजित कार्यक्रममा प्रतिनिधसभामा निर्वाचित ११० जना सांसद र प्रदेशसभामा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको हो।

११० समानुपातिक सिटमा एमालेले ३४ सिट, कांग्रेसले ३२ सिट पाएको छ। यसैगरि माओवादीले १४ सिट पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको छ। यता राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले थ्रेस होल्ड कटाउँदै ५ सिट पाएको छ।

समानुपातिकतर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका निशा डाँगी सबैभन्दा कम उमेर (२५ वर्ष) की सांसद बनेकी छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशमशेर जबरा सबैभन्दा जेष्ठ (८० वर्ष) सांसद बनेका छन्।

प्रमाणपत्र लिँदै सांसदहरु : 



ट्रेन्डिङ पोस्ट

Ncell