PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

भृकुटीमण्डपमा थरीथरीका जुत्ता, स्वदेशीदेखि विदेशी 'फुटवेयर'मा ४० प्रतिशतसम्म छुट

भृकुटीमण्डपमा थरीथरीका जुत्ता, स्वदेशीदेखि विदेशी 'फुटवेयर'मा ४० प्रतिशतसम्म छुट

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : राजधानीको भृकुटीमण्डपमा १७औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेला सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गरेकी हुन्।

नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित यो मेला आयोजना भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी उत्पादन बढाउन लगानी पनि बढाउनुपर्ने बताइन्।

जुत्ता उत्पादक संघ नेपालले आयोजना गरेको मेलामा कूल १७० स्टल छन्। स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ। मेला संयोजक सुरज बञ्जाडेका अनुसार मेलामा ४० विदेशी कम्पनीका जुत्ता पनि छन्। आयोजकका अनुसार ब्यान्ड अनुसार गाह्रकका लागि ४० प्रतिशतसम्म छुटको समेत व्यवस्था गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell