भक्तपुर : काठमाडौं उपत्यकालाई चिसोले छोएको छ। दिउँसो घामले राप दिइरहँदा बिहान र राति भने कठ्याङ्ग्रिदो चिसो नै छ।
चिसो सिरेटो र हुस्सुले ढाकिएका बाटाहरु। भक्तपुरको मुटु कमाउने चिसो। बाक्ला लुगा र हात सेकाउन बालिएका दाउरा।
दैनिकी धान्न गुजारा गर्नेहरुको कर्मठ हात - चिसो जतिसुकै होस् - रोकिएनन् मानिसका गतिविधि। चिसोलाई चिर्नुको विकल्प छैन - घामलाई होस् या मानिसलाई नै किन नहोस्। भक्तपुरका यी दृश्यले तिनै अवस्थालाई चित्रण गरिरहेको छ -