PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मध्यपुर थिमिको कोर बस्तीमा दुर्लभ थापाको विजयी जुलुस, शंखधर साख्वाको मूर्तिमा गरे माल्यापर्ण

मध्यपुर थिमिको कोर बस्तीमा दुर्लभ थापाको विजयी जुलुस, शंखधर साख्वाको मूर्तिमा गरे माल्यापर्ण

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : भक्तपुर २ ले हालसम्मका निर्वाचनमा कहिलै पनि एकै व्यक्तिलाई दोहोर्‍याएर संसदमा पठाएको छैन। सांसद नदोहोर्‍याउने यो क्षेत्रले यसपटक पनि संघीय संसदमा नयाँ व्यक्तिलाई पठाएको छ।

२०७४ सालमा भएको निर्वाचनमा विजयी भएका महेश बस्नेत यो पटक पराजित भएका छन्। र, संघिय संसद प्रवेश गर्दैछन् नेपाली कांग्रेसका दुर्लभ थापा। २४ हजार २३९ मत ल्याउँदै थापा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमालेका)का महेश बस्नेतले २३ हजार २८२ मत ल्याए। अन्ति नतिजा आएसँगै मतगणनास्थल परिसरमा नै नेता कार्यकर्ता तथा समर्थकहरुले उनलाई फूल माला र अबिर लगाइदिएका थिए।

त्यसपछि सबैजना विजयी र्‍यालीमा  सहभागी भएका थिए। भक्तपुर-२ मा पर्ने को बस्तीमा धिमे बाजा सहित  उनको विजयी जुलुसले परिक्रमा गरेको थियो। दुर्लभले शंखधर साख्वाको मूर्तिमा पनि उनले माल्यापर्ण गरेर जितका लागि मतदाताहरुलाई धन्यवाद दिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell