PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

केशर पुस्तकालय बाहिर किन छरपस्ट फिँजाइएको छ किताब र कागजपत्रहरु ?

केशर पुस्तकालय बाहिर किन छरपस्ट फिँजाइएको छ किताब र कागजपत्रहरु ?

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : २०७२ सालको भूकम्पमा क्षति पुगेपछि केशर पुस्तकालय राम्ररी संचालन हुन सकेको छैन। ऐतिहासिक केशर पुस्तकालय पुनर्निर्माणको प्रक्रिया अघि नबढ्दा त्यहाँ रहेका धेरै पुस्तक कागजपत्रहरुको अवस्था बेहाल छ। पछि ट्रस्ट बनाएर ती पुस्तक र कागजपत्रहरु राखिए पनि पुस्तकालय कहिले पुनर्निर्माण हुन्छ भन्ने यकिन छैन।

अहिले केशर पुस्तकालय बाहिर छरपस्ट हुने गरि किताब र कागजपत्र फिँजाइएको दृश्यहरु सार्वजनिक भएका छन्। धेरैले पुस्तकालयका किताबको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। यस्तै, पुस्तकालय र त्यहाँ रहेका किताबको सरंक्षणमा सरकारले ध्यान नदिएको आरोप लगाइरहेका छन्।

तर, पुस्तकालय निर्माणको ठेक्का पाएको कम्पनीले भने बाहिर आए जसो किताबको दृश्यबारेको व्याख्या सही नभएको दाबी गरेको छ।  

केशर पुस्तकालय पुनर्निर्माणको ठेक्का जेटसीजी आई जेभी निर्माण कम्पनीले पाएको छ। सो कम्पनीबाट केशर पुस्तकालय पुनर्निमार्णमा प्रोजेक्ट म्यानेजरका रुपमा कार्यरत नरकान्त सापकोटाले हाल एनओसी लेटर र पुराना कागजपत्रहरु अहिले बाहिर रहेको बताए। तीन वर्षदेखि पुस्तकालयको एक कुनामा राखिएका ती कागजपत्रहरु पानी परेर भिजिएको र लिच्चड निस्कन थालेपछि घाममा सुकाउनका लागि बाहिर राखिएको उनले बताए।

केशर पुस्तकालयका पुस्तकहरु बाहिर घाममा नसुकाएको उनले बताए। पुस्तकालायका किताबहरु टहरामा सुरक्षित साथ राखिएको उनले बताए।  

'हामीले यी कागजपत्रहरु त्यसै फाल्न मिल्दैन। सरकारको स्वीकृति चाहिन्छ। यो घाममा सुकाउन बाहिर राखिएको हो। केही पुस्तकहरु परे होलान् तर बाहिर आएको जस्तो होइन,' उनले भने।

हाल बाहिर फिँजाइएका केही किताबहरु पनि फाल्न नमिल्ने उनले बताए। लिच्चडले किताब बिग्रिएकाले त्यो पनि सुकाउन बाहिर राखिएको उनले बताए। सबै किताब र कागजपत्र सुकाएर सुरक्षित साथ राखिने उनले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell