PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालमै पहिलोपटक 'पम्प ट्रयाक' : कुपण्डोलमा अब साइकलिङको छुट्टै मज्जा

नेपालमै पहिलोपटक 'पम्प ट्रयाक' : कुपण्डोलमा अब साइकलिङको छुट्टै मज्जा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


ललितपुर : वाग्मती नदीको किनारमा नेपालमै पहिलोपटक 'पम्प ट्रयाक' संचालनमा आएको छ। घुमाउरो र उतावचढाव युक्त ट्रयाकमा साइकल उडाएर यो खेल खेल्ने गरिन्छ। कुपण्डोलमा हिजोबाट यो ट्रयाक संचालनमा आएको हो।

भेलो सोलुसन्सले ललितपुर महानगरपालिकासँगको सहकार्यमा यो खेलको सुरुवात नेपालमा पनि गरेको हो। भेलो सोलुसन्सले 'पम्प फर पिस' नारा सहित विश्वभर साइकलिङ र 'एक्सन स्पोर्टस' लाई पहुँचयोग्य बनाउन यो अभियान सुरु गरेको हो। भेलो सोलुसन्सले एक दशकदेखि यस्तो ट्रयाक निर्माण गर्दै आइरहेको छ। यस्तो ट्रयाकले समाजलाई एकतामा बाँधेको र स्वस्थ र सक्रिय जीवन जिउन सहयोग गर्ने विश्वास लिइएको छ।

हिजो त्यही पम्प ट्रयाकमा भेटिए निरव श्रेष्ठ। साढे ६ वर्षदेखि माउन्टन बाइकिङ गर्दै आएका उनी पम्प ट्रयाकमा साइकल उडाउन पाउँदा निकै खुशी थिए। यो ट्रयाकले आफ्नो 'साइकलिङ स्किल' थप बढ्ने उनको विश्वास छ।

'यो हाम्रो लागि नयाँ प्ल्याटफर्म हो। सबै खेलमा केही स्किल चाहिन्छ। माउन्टेन बाइकिङका लागि यो ट्रयाकमा प्रशिक्षण गर्न आवश्यक छ। यसले हामीलाई माउन्टेन बाइकिङ गर्न सजिलो हुन्छ,' उनले भने।

पम्प ट्रयाक विश्वमा छुट्टै खेलका रुपमा नै स्थापित भइरहेको उनी बताउँछन्।

'यो खेलको वर्लड च्याम्पियनसिप पनि हुन्छ। यो ट्रयाक खुल्नु निकै राम्रो हो। बिगिनरदेखि एड्भान्स लेभलका साइकलिस्टले यो ट्रयाक चलाउन सक्छन्,' उनले भने।



ट्रेन्डिङ पोस्ट

Ncell