PahiloPost

Feb 28, 2026 | १६ फागुन २०८२

सुकुम्बासीहरुले मागे लालपुर्जा : माइतीघरमा विरोध सभा, बानेश्वरसम्म र्‍याली

सुकुम्बासीहरुले मागे लालपुर्जा : माइतीघरमा विरोध सभा, बानेश्वरसम्म र्‍याली

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : वाग्मती सभ्यता एकीकृत विकास समितिले वाग्मती नदीको किनारमा रहेको सुकुम्बासी बस्ती  हटाउने निर्णय गरेको विरोधमा राजधानीमा आज विरोध प्रदर्शन भएको छ।

सुकुम्बासी बस्तीमा बस्दै आइरहेकाहरुले आज माइतीघरमा विरोध सभा आयोजना गर्दै बानेश्वरसम्म र्‍याली निकालेका थिए। उनीहरुले सरकारसँग बस्दै आएको क्षेत्रमै लालपूर्जा दिन र उठिबास नलगाउन पनि आग्रह गरेका छन्।

सरकारले जबरजस्ती गरे आफूहरु प्रतिकारमा उत्रने उनीहरुको चेतावनी थियो। समितिले मंसिर ४ सम्म नदी किनारका बस्ती हटाउन नत्र महानगर र सरोकारवालासँगको समन्वयमा हटाउने भन्दै सूचना निकालेको थियो।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संघारमा आइपुग्दा अहिले सुकुम्बासीको मुद्दाले राजनीतिक रंगसमेत लिएको छ। विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले सुकुम्बासी बिस्थापनको विरोध गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell